अब सरकारी कार्यालयका कर्मचारीको खाजा खाने समय आधा घण्टा मात्र!

सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा खाने समय घट्ने भएको छ।

अब सरकारी कार्यालयका कर्मचारीको खाजा खाने समय आधा घण्टा मात्र!

आइतबार राति प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आधिकारिक फेसबुकमा लेख्दै सरकारी कार्यालयमा खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको भन्दै समय घटाइएको बताएका हुन्।

उनका अनुसार अब खाजा समय एक घण्टा नभएर आधा घण्टा कायम गरिएको छ। खाजाको नयाँ समय दिउँसो साढे १ बजे देखि २ बजेसम्म तोकिएको छ। 

त्यस्तै खाजा समयको नियम उल्लंघन गरेको पाइएमा हेलो सरकारमा गुनासो टिपाउन पनि प्रधामन्त्री ओलीले अनुरोध गरेका छन्।

उनले लेखका छन्, 'सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ। खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन।अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १.३० देखि २ बजेसम्म कायम गरिएको छ। कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ। शुभ रात्रि!'

Similar News

  • An engineer showing a customer car under hood

    New Maruti Suzuki Grand Vitara teased; to get a favo...