यस्तो छ तरकारी र फलफूलको आजको थोक मूल्य
२ माघ,काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी २५, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी ३५, गोलभेँडा सानो (तराई) प्रतिकेजी ३५, आलु रातो प्रतिकेजी ४७, आलु रातो (भारतीय) प्रतिकेजी ४४, प्याज सुकेको (भारतीय) प्रतिकेजी ६८, गाजर (लोकल) प्रतिकेजी ८५, गाजर (तराई) प्रतिकेजी ८०, बन्दा (लोकल) प्रतिकेजी ३०, बन्दा (तराई) प्रतिकेजी २५, बन्दा (नरिवल) प्रतिकेजी २५, काउली स्थानीय प्रतिकेजी ३०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी ३५, काउली (तराई) प्रतिकेजी २०, मूला रातो प्रतिकेजी ३०, मूला सेतो (लोकल) प्रतिकेजी ३५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी ४०, भन्टा लाम्चो प्रतिकेजी ५०, भन्टा डल्लो प्रतिकेजी ६० कायम भएको छ ।
